भदौ ५, काठमाडौं । युवा समाजसेवी दिपेन्द्र सिंखडाले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रम ललितपुरमा सहयोग गरेका छन । कोभिड-१९ को समयमा मानव सेवा आश्रममा रहेका दिन दुःखीहरुलाई अत्यावश्यक पर्ने सामाग्रीहरु सहयोग गरेका हुन ।
Lions Club International District 325 A1 नेपालको GST District Coordinator एवं बिभिन्न संघ संस्थामा आवध्द रही समाजसेवामा लागि रहने सामाजिक ब्यक्ति, युवा व्यावसायी सिंखडाले आश्रमलाई स्वास्थ्य सामाग्रीका साथै खाद्यान्न सहयोग गरेका हुन ।