भाद्र ५, बुटवल । पाल्पा जिल्लाको रैनादेवि छहरा गाउँपालिका–६ खुनधारामा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार छहरा गाउँपालिका ६ खुनधाराकी २७ वर्षकी दिलकुमारी पुनको मृत्यु भएको हो । घटनामा स्थानीय वर्ष ५२ का झमानसिंह पुन करेन्ट लागी घाइते भएका छन् ।
युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार गर्दा गर्दे दिल कुमारीको बिहान मृत्यु भएको थियो । झमान सिंहको उपचार भइरहेको छ ।