• २०८१ पुष २९ गते सोमवार

मदिरा पिएका दुई पुरुष मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५ ,गुल्मी । गुल्मीमा मदिरा पिएका दुई पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् । जिल्लाको मालिका ७ घमिर भानपोखरामा रहेको देउराली होटलको पलङ्ग मुनि स्थानीय ३६ वर्षीय बकबहादुर बिक मृत फेला परेका हुन् । निजले बढी मात्रमा मदिरा सेवन गरेको प्रहरी प्रवक्ता डिएसपी केदारराज पन्थले जानकारी दिए ।उनका अनुसार इस्मा गाउँपालिकामा पनि मदिरा सेवन गर्ने अर्का पुरुष मृत फेला परेका छन् ।


गत राति नै जिल्लाको चन्द्रकोट गाउँपालिकामा तीज गीत नाच चलिरहेको बेला दुई युवा समूहबीच कुटपीटको घटना घटेको छ । चन्द्रकोट–५ स्थित रविन पुनले मदिरा सेवन गरी १७ वर्षीय आकाश पुनलार्इ दाउरो प्रहार गरि गम्भीर घाइते बनाएको डिएसपी पन्थीले बताए ।

प्रतिक्रिया दिनुहोस