• २०८१ माघ ८ गते मङ्गलवार

प्यूठानमा एकजना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ५, प्युठान। प्युठानमा पहिलो पटक एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको स्वर्गद्धारी नगरपालिका ७ का ६४ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको वडाध्यक्ष टेकबहादुर भट्टराईले जानकारी दिए ।भदौ १ गते लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना भएर उपचार गराइरहेका उनको शुक्रबार बिहान मृत्यु भएको भट्टराईले बताए ।

साउन ३२ गते कोभिड पोजेटिभ देखिएका ती पुरुष उच्च रक्तचाप र मधुमेहका रोगी समेत रहेको बताईएको छ । भारतको केरलाबाट रोजगारी गरेर फर्किएका उनी शुरुमा नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए। संक्रमण पुष्टि भएपछि उनमा खोकी लाग्ने ज्वरो आउने र स्वासप्रस्वासमा समेत समस्या देखिएपछि बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस