• २०८१ बैशाख ७ गते शुक्रवार

२४ घण्टामा विश्वमा ६ हजार ५५४ कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, एजेन्सी । विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ८२ हजार ४५६ जनाको ज्यान गइसकेको छ । अघिल्लो २४ घण्टामा ४ हजार ६५२ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड २२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २२ लाख ५६ हजार २२० पुगेको छ ।

बैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस