• २०८० मङ्सिर १३ गते बुधवार

काभ्रे जिल्लामा सार्वजनिक यातायात बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काभ्रे । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले बिहीबारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ ।देशव्यापीरुपमा बढ्दै गएको सङ्क्रमण जिल्लामा पनि दैनिकरुपमा बढ्दै गएकाले यातायातको साधन यही भदौ १० गतेसम्मको लागि बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

जिल्लाका मुख्य बजार क्षेत्र धुलिखेल, पनौती, बनेपा, पाँचखाल र नमोबुद्ध नगरपालिकाका बजार क्षेत्रमा अनावश्यकरुपमा मानिसको भीडभाड तथा आवागमन बढ्दै गएको कारण कोरोना सङ्क्रमण कम गर्नका लागि अर्को सूचना जारी नभएसम्म व्यापारव्यवसाय र अन्य खरिद बिक्रीजन्य क्रियाकलापसमेत निश्चित समयमा मात्रै गर्न निर्देशन दिएको छ । जसमा हरेक बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस