• २०८१ पुष २९ गते सोमवार

गजल “रगत चुसेर रमाउँने यँही छन”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

गरीब हरुको रगत चुसेर रमाउँने यँही छन,
निजी स्वार्थमै राजनीति समाउँने यँही छन।

सर्वहाराको नारा लगाएर देश बिदेश भरी,
अकुत धन शम्पत्ति नि कमाउँने यँही छन।

राता(राता झण्डाको ओटमा लुक्न सफल,
जनताहरु लाई भेडा झैँ ठमाउँने यँही छन।

आफैलाई महान क्रान्तीकारी संझिने छट्टु,
अवसरबादको जमघट जमाउँने यँही छन।

पढाएर मालेमाको पाठ गरिब युवाहरुलाई,
माछो माछो भेगुतो पनि थमाउँने यँही छन।

छन गरिबकै लागि महानबन्न खोज्ने लठेत,
गरीब मारा तर मनभित्र अमाउँने यँही छन।

प्रतिक्रिया दिनुहोस