• २०८१ माघ ११ गते शुक्रवार

नेपाली पर्व हाम्रा पहिचान तथा गौरव हुन्: सभापति देउवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काठमाडौँ।  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालमा मनाईने विभिन्न प्रकारका चाडपर्व, संस्कृति तथा विभिन्न प्रकारका परम्पराहरु हाम्रा पहिचान र गौरव भएको बताउनुभएको छ ।नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिज–२०७७ को अवसरमा आज शुभकामना दिँदै उहाँले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको यी पर्व हाम्रा पहिचान हुन्, गौरव हुन् उल्लेख गर्नुभएको छ ।

हाम्रो समाजमा सौहार्दता र एकतालाई मजवुत तुल्याउन यी पर्वहरुले योगदानका बारेमा उल्लेख गर्दै सभापति देउवाले सबै खाले पर्वमा आपसी प्रेम, सद्भाव, विश्वास र भाईचारा व्यक्त गर्ने हाम्रो परम्पराले हाम्रो समाजलाई एक साझा फुलवारीका रुपमा प्रतिविम्वित गरेको बताउनुभयो ।

कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दुरीलाई कायम राख्दै तीज मनाउन सबैलाई आग्रह गर्नुभएको छ । हरितालिका तीज पर्वको व्यक्तिगत र नेपाली कांग्रेस पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीवहिनीहरुमा शुभकामना दिँदै उहाँले अहिले देश अहिले कोरोना भाइरस (कोभिड-१९)को महामारीबाट आक्रान्त भएको भन्दै सजह हुन आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस