भाद्र ०५, काठमाडौं । महाराजगञ्जस्थित शिक्षण अस्पतालका १३ जना डाक्टरसहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका कोभिड १९ फोकल पर्सन डा. सन्तकुमार दासका अनुसार थप १७ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ७० पुगेको हो । अस्पतालको इमरजेन्सी वार्डमा कोरोना संक्रमण देखिएपछि केही दिन इमरजेन्सी वार्ड बन्द गरिएपनि हाल इमरजेन्सी वार्ड सुचारु भइसकेको छ ।