• २०८१ जेष्ठ ३१ गते बिहिवार

परिवर्तन गाउँपालिका वडा नं. २ मा स्थानियको जनश्रमदानमा, ४ किलोमिटर घोरेटो बाटो निमार्ण

सन्दिप डाँगी पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ६, रोल्पा । परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सीका स्थानियहरुले ४ किलोमिटर घोरेटो बाटो निर्माण गरेका छन । ४ दिन सम्म ५७ घर धुरीले जनश्रमदान गरि बाटो निमार्ण गरेका हुन ।

परिवर्तन २ राङ्सीको जन नमुना टोल अन्तरगत सिमा शैवाङका स्थानियले ५७ हजार ६ सय वरावरको जनस्रमदान गरि बाटो निर्माण गरेका हुन । उनिहरुले शहिद मार्गको माडिवाङ भन्ने ठाउँ बाट शैवाङ गाउँ सम्म एक मिटर चौडाइ भएको ४ किमी घोरेटो बाटो निमार्ण गरेको स्थानियले बताएका छन ।

No description available.

उक्त बाटो मार्फत शैबाङ, रिबाङ कुना, पार्लासिमा गरि करिब १ सय घर धुरी लाभान्वित भएका छन । पुर्व माओवादीको वडा प्रमुख (ओसे वाँठा) विस्पालको नेतृत्वमा बाटो निमार्ण गरिएको हो । घर्तिगाउँ वजार जानका लागी बाटो साँघुरो, भिरको बाटो भएकाले सहजताका लागी बाटो निर्माण गरिएको त्यहाबाट स्थानिय रणब रसाइलिले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस