• २०८१ जेष्ठ ३० गते बुधवार

थप १५० कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप १५० जना कोरोना संक्रमित थपिएका छन । यो सगैं हालसम्म कुल संक्रमित संख्या १७ हजार ९९४ रहेका छन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६०९ जना डिस्चार्ज भएका छन । योसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्बर २ मा १ हजार ९ सय १३, बागमती प्रदेशमा ४ सय २१ र गण्डकी प्रदेशमा ३ सय ८० जना, प्रदेश नम्बर ५ मा ३ सय ७०, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस