श्रावण ६, दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरेर अघिल्लो बर्षको तुलनामा क्षति कम भएको जानकारी दिएको हो ।
वितेको आर्थिक बर्षमा २ सय ५७ वटा सवारीका सधान दुर्घटना हुन ७१ जनाको मृत्यु र ३ सय ४५ जना घाईते भएको दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभएको छ । अघिल्लो आर्थिक बर्ष २०७५/७६ मा २ सय ५१ वटा सवारी साधन दुर्घटना हुदा एक सय ४ जनाको मृत्यु र ४ सय २३ जना घाईते भएका थिए ।
चालकको लापर्वाही, यात्रुको कमजोरी, सडकको दुराअबस्था, यान्त्रीक गडबडी र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना न्यूनिकरणमा समस्या भएको रेग्मीको भनाई छ । एक बर्षमा ट्राफिक नियम उल्लंघन गर्ने ३७ हजार ४ सय ६३ सवारीका साधनलाई प्रहरीले कार्वाही गर्दा २ करोड ३० लाख ७३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
यसैविच ट्राफिक प्रहरीले अब जहाँतही पार्किङ गर्ने सवारीका साधनलाई ह्वील लकर गर्ने जनाएको छ । जहाँतही पार्कीङ गरेका गाडीको टायरलाई कल गर्ने उदेश्यले १० वटा ह्वील लकर ल्याएको दाङ ट्राफिक प्रहरी प्रमुख रेग्मीले जानकारी दिए ।
सवारी साधन दुर्घटना रोक्न र सवारी साधन तथा बजारको उचित व्यवस्थापन सबैको जिम्मेवारी भित्र पर्ने भएकोले । ट्राफिक नियमको पालना गर्न सबैलाई जिल्ला ट्राफिक दाङका ट्राफिक प्रमुख रेग्मीले आग्रह समेत गरेका छन ।