• २०८१ जेष्ठ १४ गते सोमवार

प्रहरीले अनुसन्धान पछी हेमराजका हत्यारा पनि पत्ता लाग्छन : डिएसपी सिंह

एबिसी क्राईमबिट पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ६, दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले संचार उद्यमी देवीप्रसाद धिताल हेमराजको हत्यारा पत्ता लगाई छाड्ने बताएका छन् । हेमराज हत्याको फाईल खोलेर अध्यन गरिरहेको भन्दै हत्या जस्तो जघन्य उपराधमा दोषी उम्किन नपाउने बताए ।

घटना घट्ददाका बखतका तत्कालिन प्रहरी प्रमुखहरुसंग पनि बुझ्ने काम भइरहेको सिहले बताए । घटना घटेको २०-२२ बर्षसम्म पनि घटनाका दोषी पत्ता लागेका छन सिंहले भने यो घटनाका दोषी पनि पत्ता लाग्छन् । ढुक्क हुनुहोस ।’

केन्द्रीय अनुसन्धान व्यूरो सिआईवीले पनि घटनाको सुक्ष्म अध्यन गरिहेको बताउदै डिएसपी सिंहले घटनामा संलग्नहरुको पहिचान हुनेमा सिंहले जोड दिए ।

प्रतिक्रिया दिनुहोस