• २०८१ पुष २९ गते सोमवार

नगरपालिकाको स्कारपियोमा आगजनि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ६, कैलाली । कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ ।नगरपालिकाको स्कारपियो गाडिमा रातिको समयमा अज्ञात समुहद्बारा आगजनी गरिएको हो ।

घरको कम्पाउड भित्र पार्किङ गरिराखिएको से १ झ २४१ नं को गाडिमा अज्ञात समुहद्बारा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । उक्त गाडी उपप्रमुखले प्रयोग गर्दै आइरहेकी थिइन् । आगलागीबाट गाडिको पछाडि पट्टिको भाग जलेको छ ।

साथै संगै नगरप्रमुख चढ्ने गाडी रहेपनि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा अर्को गाडि क्षति हुनबाट जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस