• २०८२ जेष्ठ १ गते बुधवार

नेपालगन्जमा हजारौं बर्ष पुरानो शिबको चाँदी जस्तो मुर्ति भेटियो

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

असार ७, बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ गगनगन्जमा चाँदी जस्तो टल्किने मुर्ति भेटिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले पानी निकासाका लागि नाली खनेको ठाउँमा चाँदी जस्तो टल्किने शंकर भगवानको मुर्ति भेटिएको हो ।

नाली निकासाका लागि डोजरले खनेको ठाउँमा स्थानिय ४ जना बालकले खेल्ने क्रममा उक्त मुर्ति फेला पारेका हुन् । सुरुमा टल्किएको जस्तो देखियो कोट्याउँदा मुर्ति रहेछ स्थानिय १० बर्षिय बालक सुमित नागले भन्नुभयो । मुर्ति देखिएपछि ४ जनाले पनि निकाल्न सकेनौं अनि स्थानियवासीलाई खवर गरेको उनिहरुले बताए । मुर्ति चाँदीको हुन सक्ने अनुमान रहेको स्थानिय मिरा श्रेष्ठले भन्नुभयो ।

हजारौ बर्ष पुरानो हुन सक्ने अनुमान रहेको स्थानियले बताएका छन् । माटो भित्र रहेपनि मुर्तिमा खिया नलागेको स्थानियले मिराले जानकारी गराउनुभयो । अहिले वडा नं। ७ स्थित रहेको श्री राम जानकी मन्दिरमा उक्र मुत्र्ति राखिएको स्थानिय मिरा श्रेष्ठले जानकारी गराउनुभयो । मुत्र्ति स्थानिय सुमित नाग, शिवदेव नेपाली, प्रयास नेपाली र सुवोध नेपालीले भेटाएका थिए । शंकर भगवानको मुत्र्ति ७ किलो भन्दा बढि रहेको छ ।

प्रतिक्रिया दिनुहोस