असार ७, पर्वत । संघिय प्रहरी ईकाई कार्यालय पोखराका कार्यालय प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक नर बहादुर के.सीले जिल्ला प्रहरी कार्यालय पर्वतको निरीक्षण गर्नु भएको छ ।
निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालयमा रहेको कन्ट्रोल रुम, अनुसन्धान अन्तर्वाता कक्ष, हिरासत कक्ष, थुनुवाको अवस्था, अपराध अनुसन्धान शाखा, महिला वालवालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र समेतको निरीक्षण अवलोकन गर्नुका साथै समग्र जिल्लाको कोभिड -१९ को गतिविधि बारेमा अवलोकन गर्दै सो सम्बन्धि आवश्यक निर्देशन समेत दिनु भएको थियो ।
निरीक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले कार्यालयको गतिविधि तथा विभिन्न विषयहरु समेट्दै समष्टिगत रुपमा प्रस्तुतिकण राख्नु भएको थियो ।