• २०८१ साउन १ गते मङ्गलवार

कांग्रेस- “७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय आए फरक मत राख्ने”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौँ । नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा फरक मत राख्ने भएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे आइतबार छलफल हुँदैछ । आज विहान बसेको कांग्रेस नेताहरुको बैठकले अंगीकृत नागरिकताबारे अहिलेकै व्यवस्था कायम राख्नुपर्नेमा जोड दिएको छ । ‘यदि बहुमतबाट निर्णय गर्न खोजियो भने फरक मत राख्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस