• २०८० फाल्गुन १० गते बिहिवार

राप्ती नदीमा आएको बाढीमा फसेका ११ जनाको सकुशल उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आषाढ ०७, बाँके । राप्ती नदीमा आएको बाढीमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ । राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ को सीमामा पर्ने ललहीमा ६ जना र वडा नम्बर २ मा फसेका ५ जना गरी ११ जनाको उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी र रेडक्रसबाट तालिमप्राप्त स्वयंसेवकहरुले फसेकाहरुको उद्धार गरेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नदीमा पानीको सतह खतराको संकेतभन्दा तल पुगेको जानकारी दिनुभयो । हिजो नदीमा पानीको सतह खतराको संकेतमाथि पुगेपछि तटीय क्षेत्रमा सतर्कताका लागि साइरन बजाइएको थियो ।

प्रतिक्रिया दिनुहोस