• २०८१ साउन ८ गते मङ्गलवार

खबर24नेपाल र एबिसी संचार ब्युरोलाई सिर्जना फार्मेसीले दियो स्वास्थ्य सामग्रीहरु

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार ७, दाङ । घोराहीमा रहेको सिर्जना फार्मेसीका संचालक एवंम स्वास्थकर्मी सुर्य मणी न्यौपानेले खबर 24 नेपाल र एबिसी संचार ५. नम्बर प्रदेश ब्युरो टिमलाई स्वास्थ सामाग्रीहरु सहयोग गर्नु भएको छ । खबर 24 नेपाल र एबिसी संचारमा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको पत्रकार सागर थापाले जानकारी दिनुभएको हो ।

सिर्जना फार्मेसी घोराही दाङले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको हो । लक डाउनमा घरभित्र गुम्सिएर बसेका आम नागरिकहरुलाई बाहिर खुला ठाँउ र कार्यक्षेत्रमा खटिएर सूचनाहरु प्रवाह गर्दा निकै जोखिम हुनेहुँदा सो कार्य गरिएको सिर्जना फार्मेसीले जनाएको छ । अहिलेको यस्तो कोरोना महामारी विषम परिस्थितिमा पनि आफ्नो जीउ ज्यानको प्रवाह नगरी सूचना सङ्कलका लागि बाहिर आम नागरिकहरु सित प्रत्यक्ष सम्पर्क र सरोकार राख्दा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुने भएकोले त्यसरी स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुपरेको सिर्जना फार्मेसी मेडिकलका संचालक एवंम स्वास्थकर्मी न्यौपानेले ४ सय थान मास्क ५ डब्बा ठुलो स्यानी टाइजर र ५ डब्बा ग्लुब्स पञ्जा सहयोग गरेका छन ।

प्रतिक्रिया दिनुहोस