• २०८१ मङ्सिर २४ गते सोमवार

वडा सुरक्षित राख्न वडा अध्यक्ष थापाले २४ औ घन्टा ब्यारेल र गस्ती गर्न निर्देशन

बिदुर एमसी पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, दाङ । कोरोना भाइरसको प्रकोप आफ्नो वडामा प्रवेश हुन नदिन दिनरनग गस्ती गरीन लागिएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ वडाध्यक्ष जगत थापाको नेतृत्वमा उक्त कार्य शुरु गरिएको हो ।

जिल्लामा कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा उक्त महामारीबाट आफ्नो वडावासीहरुलाई सुरक्षित राख्ने प्रयास स्वरूप सो निर्णय गर्नुपरेको वडा अध्यक्ष थापाले बताए । अन्यत्र वडाबाट त्यस वडामा प्रवेशमा निकै कडाइ गरिएको छ । जारी लक डाउनमा वडावासीहरु पालैपालो दिनरात गरेर पहरा दिने गरेका छन ।

प्रतिक्रिया दिनुहोस