• २०८२ बैशाख २९ गते सोमवार

नेपालगञ्ज उद्योग वाणिज्य संघद्धारा प्रेस विज्ञप्ती जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ८, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघद्धारा कोरोना (कोभिड–१९) को संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको अवस्थामा कोरोनाका कारण मृत्युवरण गर्नुभएकाहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो संमवेदना प्रकट गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएपनि त्यसप्रतिको पूर्वतयारी र सजगतामा भने कमी महसुस भई ‘लकडाउन’ मात्र होइन ‘रेडजोन’ जस्ता ठाउँमा समेत मानिसहरु समाजिक दुरी कयाम नगरी निस्फिक्री भएर हिडडुल गरिरहँदा थप चिन्ता थपिएका भन्दै हामी सम्पूर्ण उद्योगी, व्यवसायी र आमनागरिकहरुलाई अत्यावश्यक सामाग्रीको खरिद, विक्री एवं हिडडुल बाहेक अन्य कुनै प्रकारको गतिविधि नगर्न नगराउन सरकारका तर्फबाट लागू गरिएको लकडाउन पूर्णरुपमा कार्यान्वयन गर्न अपील प्रेस विज्ञप्तीमा गरेको छ

अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा लेखिएको छ : नेपालमा कोरोना (कोभिड–१९) को संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ भने आगामी दिन हाम्रा लागि चुनौतीपूर्ण बन्ने देखिन्छ । बाँके जिल्लामा मात्र कोरोनाका कारण नरैनापुर गाउँपालिकाका एक जना युवकले अकालमा ज्यान गुमाउनु प¥यो । नेपालगन्ज र नरैनापुरमा समेत गरी बाँकेमा संक्रमितको संख्या ९९ पुगेको छ । हालसम्म बाँके, गुल्मी र सिन्धुपाल्चोकमा एक÷एक जना गरी तिन जनाको मृत्यु र ४ सय ४४ जना संक्रमित फेला परेको घटनाले हामीलाई कोरोना बिरुद्धको लडाईमा अझ सशक्त भएर लाग्नुपर्ने पाठ सिकाएको छ । कोरोनाका कारण मृत्युवरण गर्नुभएकाहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो संमवेदना प्रकट गर्दछौ ।
कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएपनि त्यसप्रतिको पूर्वतयारी र सजगतामा भने कमी महसुस भएको छ । ‘लकडाउन’ मात्र होइन ‘रेडजोन’ जस्ता ठाउँमा समेत मानिसहरु समाजिक दुरी कयाम नगरी निस्फिक्री भएर हिडडुल गरिरहँदा थप चिन्ता थपिएका छन् । हामी सम्पूर्ण उद्योगी, व्यवसायी र आमनागरिकहरुलाई अत्यावश्यक सामाग्रीको खरिद, विक्री एवं हिडडुल बाहेक अन्य कुनै प्रकारको गतिविधि नगर्न नगराउन सरकारका तर्फबाट लागू गरिएको लकडाउन पूर्णरुपमा कार्यान्वयन गर्न अपील गर्दछौ ।
बाँकेमा भएका क्वारेन्टाइन र आइसोलेसन केन्द्रलाई सूविधा सम्पन्न बनाउन र थप संख्या बृद्धि गर्न सरकारसंग जोडदार माग गर्दछौं । पश्चिम नेपालका बिभिन्न जिल्लाका नागरिकहरु बाँके हुँदै नेपाल प्रवेश गर्ने भएका कारण यस जिल्लालाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीदेखि क्वारेन्टाइन र आइसोलेसनको संख्या बढाउनुको बिकल्प छैन् । त्यसतर्फ सरकारको गम्भीर ध्यानार्कषण होस् । कोरोनाका कारण सिंगो देश आक्रन्त भएको समयमा निजी क्षेत्र पुर्ण रुपमा धरासायी बनेको छ । यस्तो अवस्थामा सरकारका तर्फबाट बजेट मार्फत घोषणा गर्न माग गर्दै सम्पूर्ण उद्योगी, व्यवसायी एवं बाँकेबासी दाजुभाई तथा दिदी बहिनीहरुमा कोरोना बिरुद्धको अभियानमा हातेमालो गरी आपसी भाइचारा प्रकट गरिदिनुहुन हार्दिक अपील गर्दछौ ।

प्रतिक्रिया दिनुहोस