जेठ ८, बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराले लकडाउन उलङ्घन गर्न २५ जनालाई नियन्त्रणमा लिएको छ । अत्यावस्यका सामाग्रि किनबेचको लागी समय निर्धारण गरेको भएपनि नेपाल सरकारले घोषणा गरेको बन्दा बन्दीलाई उलङ्घन गरी बजारमा डुलिरहेका २५ जनालाई नियन्त्रणमा लिइ सम्झाई बुझाई गल्ती नदोहोर्याउने गरी छोडेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता दानबहादुर रोकायाले जानकारी दिनुभएको छ ।
कोरोना भाइरसले दिन प्रतिदिन बढीरहेको समयमा नियम बिपरीत बजारमा नडुल्न जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक टंक प्रशाद भट्राइले बताउनुभएको छ । उहाँका अनुसार काम बिषेश नभएमा कसैले लकडाउनको उलङ्घन नगर्न समेत जिल्लाबासीलाई अनुरोध गनुभएको छ । दिन प्रतिदिन बजारमा लकडाउन उलङ्घन गर्नको संख्यामा कमि आईरहेको भएपनी केही भने अँझै पनी नीयम बिपरीत बजारमा डुलिरहने गरेको बताउनुभएको छ । बिहिबार मात्रै १८ जना पुरुष र ७ जना महीला गरी २५ जनालाई नियन्त्रमा लगरेर सम्झाई बुझाई घर पठाईएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता दानबहादुर रोकायाले जानकारी दिनुभएको छ ।