• २०८२ बैशाख २९ गते सोमवार

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ८, रुपन्देही । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको पुरुष मृत्यु भएको छ ।भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको बिहान ७ बजे मृत्यु भएको हो । मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन् । शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए । उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो । यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

बिभिन्न अनलाइन तथा सामाजिक सञ्जालमा हिजै उनको मृतयु भएको समाचार आएपछि कोरोना संक्रमितको मृत्यु भएको छैन भनि क्रिमसन अस्पतालले विज्ञप्ती नै जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस