विश्व अहिले कोराना भाइरस महामारीको चपेटामा छ । विश्वमा हालसम्म करिव २४,८१,३०० मानिसहरु यस रोगबाट संक्रमित छन् भने करिव १,७०,४४० जना मानिसहरुको निधन भइसकेको अवस्था छ । यसरी विश्वको राजनीति अहिले तरल अवस्थामा छ । कतिपय देशहरुमा हुने भनिएको राजनैतिक नियुक्तिका कुराहरु पनि थाती छन् र सारा जनता कोरोना विरुद्धको लडाइमा सक्रिय भइराखेको अवस्था छ । तर नेपालमा भने कोरोना भाइरसको तरङ्ग सँगसँगै राजनीतिक तरङ्गले पनि सारा नेपालीको मन सन्त्रासको भुमरीमा जकडिएको छ ।
हिजो मात्र सरकारले जारी गरेको राजनीतिक दल विभाजन र सबैधानिक परिषद सम्बन्धि अध्यादेसले नेपाली जनता फेरि एकपटक तरङ्गित बनेका छन् ता कि कतै एक या दुई व्यक्तिको सत्ता लालचाको कारणले नेपालको इतिहासमा फेरि नेपाली राजनीति धरापमा पर्न लागेको त छैन ? यस्तो संकटको समयमा गरिएका यि राजनीतिक निर्णयले पक्कै पनि जनतामा राम्रो सन्देश प्रवाह हुन सक्दैन । यस्ता किसिमका अध्यादेश ल्याउनु गलत मात्र होइन यो असान्दर्भिक पनि छ । यस्तै संवैधानिक परिषद सम्बन्धि अध्यादेश पनि वर्तमान अवस्थामा असान्दर्भिक र अप्रजातान्त्रिक छ । अहिले सम्पूर्ण विश्व कोरोना भाइरसको विरुद्धमा लडिरहेको अवस्थामा सम्पूर्ण दलहरु, समाजसेवी, नागरिक समाज, राज्यको चौथो अंङ्गकोरुपमा स्थापित पत्रकारीता क्षेत्रलगाएत सवै मिलेर यो कोरोना भाइरस विरुद्धको लडाइमा ऐक्यवद्धता जनाउनुपर्ने समयमा अचानक कसैको ब्यक्तिगत या पार्टीगत स्वार्थको लागि ल्याइएको यो विद्येयकले जनतामा निराशा पैदा गराएको छ ।
समय अत्यन्तै जटिल परिस्थितिमा गुज्रिराखेको छ, नेपालको परिवेसलाई हेर्ने हो भने पुरा देस लकडाउनमा छ, राज्यले लकडाउन त गरेको छ तर श्रमजीवि मजदुरहरुको अवस्था दिनानुदिन नाजुक बन्दैगएको छ । खानलाई गास छैन, न त वस्नलाई वास छ, नौलो मानिस देखेपछि शंकाको दृष्टिकोणबाट जेलिनुपर्ने, आज कोरोनावाहेक अन्य रोग लागेर अस्पत्ताल जानको लागि नचिताएपनि हुन्छ, रुघा खाँसी लाग्यो भने डाक्टरले शँका गरिहाल्छन् र कतै सैनामैनाको बाबुरामको हालत त हुने हैन भन्ने सन्त्रासको वातावरण सिर्जना भएको छ । सरकारले घर जान इच्छुक व्यक्तिहरुलाई यातायातको व्यबस्था त गरेको छ तर ढिलो गरी । तैपनि सरकारी तवरबाट बाँडिएको राहत सामाग्रीहरुलाई समानरुपमा वितरण गर्ने मेसोमेलो मिलाउन नसकिएको अवस्था छ। राहत खाने एक दुई जना हुन्छ तर सामाजिक सन्जालमा भाइरल बन्नलाई फोटो खिचाउनेको संख्या दशौंजना हुन्छन् । उता केहि घटना घट्यो भने पत्रकार जगतले फेरि बासी मसला र फुराकलाई भाइरल बन्नको लागि ताजा अप्डेट गरिहाल्छन् । यस्तो अवस्थामा देस गुज्रिराखेको परिस्थितिमा सत्तापक्ष भने अहिले राजनीतिक स्वार्थकोलागि यो संकटको घडिमा विभिन्न पक्षसँग समन्वय गरी समाधानको बाटो खोज्नुको सट्टा उल्टो विभिन्न अध्यादेसमार्फत राजनीतिक निर्णयहरु गरेको छ।
विभिन्न गुट र उपगुटको चंगुलमा फँसेको ने.क.पा. देस र जनतााप्रति पहिला जति संवेदसिल भएको थियो अहिले यो देखिएको छैन । प्रधानमन्त्री आफु सहि छन् तर वरिपरिका सल्लाहकारको गलत सुझावले सिंङ्गो पार्टी नै धरापमा पर्ने स्थिति भएको छ। उता अर्का अध्यक्ष प्रचण्डको कुरा गर्ने हो भने नेपालमा गणतन्त्र ल्याउनमा उनको योगदान वढि नै छ तापनि उनमा निर्णय गर्न सक्ने क्षमता कम र धैर्यताका बाँध टुटाइहाल्ने प्रवृत्तिले गर्दा क्षण क्षणमा बोली फेरिएपछि अनि जनताको विश्वास कम हुने नै भयो । अर्कोतिर माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु भने पार्टी र देसको स्वार्थ भन्दा पनि व्यक्तिगत स्वार्थमा कुन गुटमा लाग्दा प्रधानमन्त्री र राष्ट्रपतिको दावेदार हुन सकिन्छ भन्ने दाउमा वस्नाले अहिले सत्तापक्षको दल खल्बलिएको अवस्थामा पुगेको आभास आम नागरिकमा छ भने अर्कोतिर प्रतिपक्षको कुरा गर्ने हो भने सत्तापक्षले जतिसुकै राम्रो काम गरेपनि विरोधको संस्कारले कहिल्यै छोडेन । आम सञ्चार माध्यमहरुलाई जर्मनका हिटलरले जसरी गोयवल्सलाई झुट समाचार पनि सत्य सावित गर्ने माध्यम बनाएका थिए अहिले त्यसरी नै आम नागरिकमा त्रास फैलाउनको लागि जतिसुकै राम्रा काम सत्तापक्षले गरेको भएपनि प्रतिपक्षको विरोधको राजनीतिक संस्कार सुध्रिन सकेन । उसलाई कसरी ने.क.पा.फुट्ला र सत्तामा कुर्चिको बाँडफाँड गरौला भन्ने हेतुले भए नभएका कुराहरुलाई पनि समाचार माध्यम र सामाजिक सन्जालमा भाइरल बनाइरहेका छन् । यसरी जव यो विध्येक अध्यादेसमार्फत पारित भयो र सामाजिक सन्जालमा भाइरल भयो तव उनीहरुले सत्ताको लागि अंक गणितिय हिसाव किताव गरी सन्जालमा भाइरल भइहाल्यो ।
यसरी प्रतिपक्ष पनि विभिन्न वहानामा सल्बलिएको अवस्था छ । यता सँधै विदेसी इसामारामा डलरका खेति गर्न रुचाउने केहि नागरिक समाजका अगुवा भने अहिलेको यस्तो महामारीमा घरको दलानमा वसि फेसवुकमा विकास र समृद्धिको यात्रा अनि अहलिेको समस्याको समाधान निकालिरहेका छन् तर फिल्डमा आम नागरिकहरुलाई सहयोग गर्नु त कता हो कता ! त्यसैले नागरिक समाज पनि अल्मलिएको स्थिति देखिएकोले यस कोराना विरुद्धको लडाइमा अवको उपाय भनेको राज्य संयन्त्रबाट जे जति प्रयास भइराखेका छन् त्यसलाई समाचार माध्यमहरुले दुधको दुध, पानीको पानी जनताको सामु पुर्याउने, सरकारपक्ष र प्रतिपक्षलगायत अन्य दलहरु, नागरिक समाज, बुद्धिजीवी सवै मिलेर कोरोना भाइरस विरुद्धको लडाइमा एक हुने र देसलाई आर्थिक समृद्धिको दिसामा अगाडि वढाउने सम्बन्धमा विज्ञहरुसँग छलफल गरी हाल कयौं नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई कोरोना भाइरसको कारणले एकातिर त्रासको वातावरण निम्त्याएको त छँदैछ भने अर्कोतिर देस लकडाउनमा भएको समयमा हुनेखाने त मजाले वसेर खालान तर हुँदाखाने वर्गको लागि विना भेदभाव, राजनैतिक लेप नलगाई, सरकारी तथा अन्य दातृनिकाएहरुबाट तत्काल निष्पक्ष राहत वितरण तथा गन्तव्य निर्धारणको काम हुनु जरुरी देखिन्छ ।
प्रत्येक क्षणक्षणमा विदेसबाट समाचार सुनिन्छ कि हाम्रा विदेसिएका नेपालीहरुप्रति सम्बन्धित देसका सरकार प्रमूखहरुको आप्रवासीहरुको सम्बन्धमा नकारात्मक धारणाहरु आइरहेको सम्बन्धमा । अव नेपाल सरकारले यो सोच्नु जरुरी छ कि विदेसिएका नेपालीहरुको विदेसमा कामको ग्यारेण्टि छैन, यदि ती पचासौं लाख मानिसहरु नेपाल भित्रिने हो भने यहाँको अवस्था कस्तो होला परिकल्पना पनि गर्न सकिन्न ! किनकी हाम्रो देस भनेको रेमिट्यान्सले चलेको देस हो । विदेसमा एकजना कमाउँछ, यता नेपालमा दसजना रमाउँछन् । गाउँघरमा खेतिपातीको लागि वारी बाँझै छन् तर श्रीमती भने वाल वच्चा पढाउन शहर वजारमा कोठा लिएर वस्ने चलन छ । विदेसबाट लोग्नेले पठाएको रुपैयाले घर व्यबहार धान्ने प्रचलनले गर्दा भएका खेतवारी पनि बाँझै पल्टेका वर्तमान अवस्थामा अव यो कोरोना भाइरसले केहि सोच्न बाध्य बनाएको छ ता कि नेपालमा भएका जतिपनि खेतियोग्य जमिनहरुको सदुपयोग होस् ।
जल, जमिन, जङ्गल, जनावर, जडिबुटी आदिको सदुपयोग सहि तरिकाले गर्न सकियोस्, भ्रष्टाचारको अन्त्य होस् आफन्तवाद, नातावाद, कृपावादमा अल्झिएको राजनैतिक धरातलको अन्त्य होस्, कुनै एक व्यक्तिका सत्ता स्वार्थको कारण सिंङ्गो मुलुक नै अर्निणयको वन्दी नहोस् र खल्बलिएको सत्तापक्ष, सल्बलिएको प्रतिपक्ष र अल्मलिएको नागरिक समाजमा लागेको रोग चाँडै निको भई सवैले आ आफ्नो क्षेत्रबाट देस र जनताको भलाईको लागि काम गर्ने प्रण गरौं । यहि नै कामना ।