बैशाख ९, मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुका नगरबासीहरुविभिन्न कार्यको शिलशिलामा बाहिर गएका र अलपत्रमा परेका नगरवासिलाई छायानाथ रारा नगरपालिकाले उद्धार गर्ने भएको छ । सरकारले कोरोना भाईरस नियन्त्रण, रोकथाम र उपचारमा सहजहोस भनेर गरेको लकडाउनका कारण जिल्ला बाहिर अलपत्र परेका आफ्ना नगरबासीलाई स्थानिय सरकारले उद्धार गर्न थालेको हो ।
मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले अध्ययन, नोकरी, औषधी उपचार तथा अन्य कामको शिलशिलामा जिल्ला बाहिर रहेका आफ्ना नगरबासी लगडाउनका कारण अलपत्र परेको भन्दै उद्धार गर्न लागेको हो ।कणाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट नगरपालिकालाई पास प्राप्त भैसकेकाले सम्भवत बुधबारसम्म नेपालजंग र सुखेतबाट अलपत्र परेका नगरबासीलाई उद्धार गरिसक्ने र काठमाडौमा बेखर्ची र बेसहारा भएर अलपत्र परेकाहरुको लगत, सम्पर्क नम्बर संकलन गर्ने काम भैरहेको छायानाथ रारा नगरपालिकाले जनाएको छ । अलपत्रमा परेका नागरिकहरुको यकिन सख्या आएपछि बसको व्यवस्था गरि उद्धार गरिने छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले बताए । उनले भने काठमाडौ देखि मुगुसम्म बस संचालन अनुमतीका लागी प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालयसंग समन्वय भैरहेको छ ।
जिल्ला बाहिर सुर्खेत, नेपालगंग र काठमाडौंमा अध्ययन, नाकरी, औषधी उपचार लगायत अन्य कामले गएका आफ्ना नागरिक लकडाउनले गर्दा अलपत्र पर्न गई खाना र बस्न समेत समस्या पर्न थालेको खबर गर्न थालेपछि संघिय सरकार र प्रदेश सरकारको बाटो पास लिएर आफ्ना नगरबासीलाई गृह जिल्लासम्म बसमा उद्धार गर्न लागेको नगर प्रमुख शाहीको भनाई छ ।
यसरी उद्धार गरिने नगरबासीलाई कम्तिमा १४ दिन नगरपालिकाले निमार्ण गरेको क्वारेन्टाईन वा आफनै होम क्वारेन्टाईनमा बस्ने सर्तमा मात्र उद्धार गरिने पनि नगरपालिकाले जनाएको छ ।
लकडाउन लम्बिएपछि वेखर्ची भएका मुगालीहरु काठमाडौ, नेपालगंज र सुर्खेतबाट पैदल हिडेर आएका छन उनीहरुको बाटोमा विजोग भएको खबर आएको छ । उद्धारका लागी हिडेका बसहरुले यसरी बाटोमा अलपत्र परेका मुगालीको पनि उद्धार गरिने भएको छ । सो्रतका अनुसार घर पुग्न हिडेकाहरु छिन्चु, बबई, डुन्गेश्वर, राकम, छेडागाड, नाग्म, मात्मका रहेका छन ।उद्धार गरिनेहरुलाई बसको साथै बाटोमा खानबस्नको समेत व्यवस्था नगरपालिकाले मिलाएको छ ।