• २०८१ बैशाख १३ गते बिहिवार

नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको सुविधा अब घर—घरमा

कोभिड—१९ महामारिका कारण प्रतिबन्धको दौरान अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सद्वारा वेस्टर्नयुनियनमनि ट्रान्सफरको होम डेलिभरी सेवा
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ९, काठमाडौं । वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदानप्रदार र भुतानीको अग्रणीले आज अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्नयुनियनमनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेको छ ।


एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालका ग्राहकहरुलाई आफ्नो घरबाट बाहिर ननिस्की आफ्ना प्रियजनहरुले पठाएको रकम प्राप्तगर्न समर्थन गर्दछ । सरकारले नागरिकहरुको सुरक्षाकालागि कोभिड—१९ लकडाउन र प्रतिबन्धलागू गरेपछिअन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले उनीहरुको रकम घरमै पु¥याउने भएको छ । होम डेलिभरी सुविधा आईतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुनेछ ।

“हामी र हाम्राएजेन्टहरुले पैंसाहरु जहाँ र जहिले आवश्यक परेको स्थानहरुमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्छौं । एक उद्देश्यद्वारा संचालित ग्लोबल कम्पनीको रुपमा हाम्रो जनादेश विश्वव्यापी समुदायहरुको सेवा गर्ने हो र यसको अर्थ डिजिटल्ली सक्षम समुदायलाई मात्र नभए अफलाईन समुदायहरुलाई पनि नविनतम तरिकाले सेवागर्नु हो । यो साझा उद्देश्य वर्तमान समयमा सत्य हो, वेस्टर्नयुनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले भन्नुभयो ।”

“ग्राहकहरुको घर घरमा पैंसा डेलिभर गर्ने यो नयाँएजेन्ट सर्भिसको थालनीले नागरिकहरुमा नगदको पहुँच पु¥याउँछ र बैंक खाता नभएकाहरु सहित ठुलो संख्यामा ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्दछ, फराहले थपे ।” “हामी जिम्मेवार पूर्वक हाम्रो ग्राहकहरुका सेवाकालागि तयार रहेको सुनिश्चितगर्न सकेसम्म सबै सम्भवप्रयासगर्न प्रतिबद्ध छौं । यो जारी अवस्था र जुन गतिमा हाम्रा वरिपरि चीजहरु परिवर्तन भइरहेका छन् हामी हाम्रो संचालनलाई अनुकूलगर्दै ग्राहकहरुलाई आफ्नै घरबाट आरामसँग रकम प्राप्तगर्न सक्षम बनाइरहेका छौं, अन्नपूर्ण ट्राभल एण्ड टुर्सका प्रबन्धनिर्देशकनवराज घिमिरेले भन्नुभयो ।”

“हामीबुझ्दछौं कि परिस्थिति मुसकिल छ र यो कठिन समयमा हामी ग्राहकहरुलाई वैकल्पिक समाधानहरु प्रदानगर्न पाउँदा खुशी छौं । हाम्रो नयाँ घर घरमामनि ट्रान्सफर डेलिभरी सेवाले नागरिकहरुमा नगदको पहुँच सुनिश्चित गर्दछ र बैंक खाता नभएकाहरु सहित व्यापक ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्दछ, हुलास रेमिटान्सका निर्देशक हेमन्त गोल्छाले भन्नुभयो ।”

ग्राहकमार्गदर्शन
एकपटक प्रेषकद्वारा पैंसा पठाएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरुलेअन्नपूर्ण ट्राभल एण्ड टुर्स वाहुलास रेमिटान्समा सम्पर्क गरेर नजिकैको शाखापत्तालगाउन सक्नेछन् ।
कल सेन्टरको नम्बरहरु निम्न रहेका छन्
अन्नपूर्ण ट्राभल एण्ड टुस : ०१४२२३५३०
हुलास रेमिटान्स : ९८५१०१९९७३
उक्त अनुरोध एजेन्टका होम डेलिभरी टिमलाई पठाइनेछ । एजेन्टका प्रतिनिधिहरुले ग्राहकलाई सम्पर्क गरेर होम डेलिभरी प्रक्रियालाई अगाडि बढाउन परिचयपत्रको प्रतिलिपि व्हाटस्एप गर्न र सम्बन्धित सम्पूर्ण जानकारी प्रमाणित गर्न अनुरोध गर्नेछन् ।

एकपटक विवरण प्राप्त र प्रमाणित भएपछि, एजेन्ट प्रतिनिधिहरु प्रापकको घरमा रकम सहित पुग्नेछन् । रकम हस्तान्तरण गर्नु अगाडि, एजेन्टका प्रतिनिधिले प्रापकको सक्कली परिचयपत्रसँग प्रमाणित गर्नेछन् ।सफल प्रमाणिकरण पश्चात एजेन्टको प्रतिनिधिले ट्रान्जेक्शन रिसिप्टमा हस्ताक्षर गराएर रकम हस्तान्तरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस