बैशाख ९, सुनसरी । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड ) को कारण लकडाउनमा मजदुरहरु भोकै बस्नु नपरोस भनि प्रदेश सांसद उमिता बराइलीद्वारा धरान फुडबैकमा सहयोग गरेकी छन । सांसद बराईलीले मजदुरी गरेर दैनिक छाक टार्दै आएका बिपन्न परिवारलाई राहत पाउन भनि धरान उपमहानगरपालिको फुड बैकमा ५१० केजी चामल सहयोग गरेकी हुन ।
सांसद बराइलीले धरान उपमहानगरपालिकाको उपमेयर मन्जु भण्डारीलाई चामल हस्तान्तरण गरेकी हुन । प्रदेश सांसदले बराहक्षेत्र नगरपालिका राहतकोषमा पनि सहयोग गरेकी थिइन । उनले बराहक्षेत्र नगरपालिकामा पनि ५१० केजी चामल हस्तान्तरण गरेकी थिइन ।