• २०८० फाल्गुन १० गते बिहिवार

सेतोखरी डट कम र सत्य पार्टी डट कम अन्लाइनलाई प्रेस काउन्सिलकाे स्पष्टीकरण पत्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ९,काठमाडौं  । प्रेस काउन्सिल नेपालले नेपालगञ्जबाट सञ्चालित सेतोखरी डट कम र सत्यपाटी डट कमलाई तीन दिनभित्र जवाफ पेश गर्न स्पष्टीकरण सोधेको छ ।

उक्त दुइ अन्लाइनले गत वैशाख ६ गते कोरोना कहर  ‘संसदको कमिशन कनेक्सन’ शीर्षकमा समाचार सम्प्रेषित गरेका थिए । सम्प्रेषित समाचार प्रति  बाँके क्षेत्र नम्बर एकका सांसद महेश्वरजंग गहतराज अथकले आफनो नाम जोडेर झुठो समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिलमा उक्त अनलाइनलाई कारबाहीको माग गदै उजुरी दिएका थिए।

उजुरी पत्रमा भनिएको छ,‘ म प्रतिनिधिसभा सदस्य बाँके क्षेत्र नं‍‍‍‌ १ बाट निर्वाचित महेश्वरजंग गहतराज अथक, मेरो नाम जोडेर मेरो प्रतिष्ठा, व्यक्तिगत र राजनीतिक करियरमा आँच आउने र जिल्लाबासी भ्रमित हुने गरी शतप्रतिशत झुठो, कुण्ठित मनशायका साथ लेखिएको समाचारप्रति घोर आपत्ति जनाउँदै यस्ता समाचार सम्प्रेषण गर्ने अनलाईनलाई कारबाही लागि निवेदन गर्दछु।’

साेही निवेदनकाे आधारमा प्रेस काउन्सिल नेपालले  सेतोखरी डट कम र सत्य पार्टी डट कमलाई तीन दिनकाे समय दिएर उक्त तीन दिन भित्र जवाफ पेश गर्न भनेकाे  छ ।

प्रतिक्रिया दिनुहोस