चैत ८, काठमाडौं । सामाजिक संजालको दुरुपयोग गर्दै अडियो मेसेज मार्फत राजधानी काठमाडौंको अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिईसकेको भन्ने अफवाह फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा जि. रामेछाप, ठाडादेवी गा.पा घर भई हाल भक्तपुर सिपाडोल बस्ने वर्ष २० का विवेक थापा मगरलाई आज केन्द्रीय साईबर व्युरोले पक्राउ गरेको छ ।
प्रारम्भिक सोधपुछमा निजले आफुले संचालन गरेको पेजमा reach र engagement वृद्धि गर्न सो भ्रम र अफवाह फैलाएको स्विकार गरेका छन् । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।