• २०८२ बैशाख ५ गते शुक्रवार

रौतहटबाट विभिन्न हातहतियार सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, रौतहट चन्दपुर नगरपालिका-३ महादेवडाँडा अल्लाजोरबाट बिभिन्न अपराधिक गतिबिधिमा संलग्न रहेका २ जनालाई कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड र हेण्ड ग्रिनेण्ड १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चन्द्रपुर नगरपालिका-५ थलही टोल बस्ने ३९ वर्षीय कुमार राई भन्ने मान कुमार राई र बाग्लुङ ढोरपाटन नगरपालिका-२ वुर्तिवाङ्ग बस्ने ३८ वर्षीय जगत भन्ने कमल गुरुङ रहेका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँड्डुल गरिरहेको अवस्थामा उनीहरुलाई फेला पारी तलासी गर्दा उक्त हातहतियार फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस