फागुन ९, दाङ । दाङको घोराहीमा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकहरुको भेलाले म्यानेजर्स क्लब गरिएको छ । साबिकका राप्ती अञ्चलका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकहरुको पहलमा हरियाली साकोस दाङका म्यानेजर उमेश चौधरी अध्यक्ष रहने गरि म्यानेजर्स क्लब गठन गरेको हो ।
म्यानेजर्स क्लबमा प्रकाश बैद्द उपाध्यक्ष (फुलबारी साकोस प्युठान), सचीव प्रताप चौधरी (महाप्रभु साकोस दाङ),सुनिता थापा कोषाध्यक्ष (नमस्ते साकोस दाङ) र सदस्यहरुमा हर्क घर्ती (दिपज्योती साकोस रोल्पा), शान्ता राई (ग्रामीण साकोस सल्यान), अमर वलि (राप्ती साकोस दाङ) ,यज्ञ बिष्ट (डिग्रे साइकुमारी साकोस रुकुम) ,जयनारायण चौधरी (नमुना साकोस दाङ) ,परमेस्वरी ज्ञवालि (भृकुटी महिला साकोस दाङ) , र टोप बहादुर खड्का (राप्ती बिश्वासी साकोस दाङ) रहेका छन ।
उक्त क्लबले साबिक राप्ती अञ्चल भित्र रहेका एक आपसमा सम्बन्ध बिस्तार ,समन्वय र अनुभव आदानप्रदान गर्ने उद्देश्यले साकोस म्यानेजर क्लब राप्ती गठन गरिएको नब गठित क्लबका उपाध्यक्ष प्रकाश बैद्दले बताउनुभयो । सहकारी संस्थाहरुको मानव संसाधन विकास गर्दै संस्था सञ्चालनमा एकरुपता कायम गरी बढि भन्दा बढि समुदायमुखी बनाउनको लागि भूमिका खेल्ने उहाँको भनाई रहेकोछ।