• २०८० चैत्र ३० गते शुक्रवार

प्रदेश प्रहरीले २१ किलो पाँचऔले जडीबुटीसहित एक युवक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा (क्राईमबिट)

माघ ७, बाँके ।  पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर अन्तर्गतको प्रहरी अनुसन्धान व्युरोले बाँकेको कोहलपुरबाट प्रतिबन्धित जडीबुटीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्दन नाथ नगरपालिका वडा नं ९ का २१ बर्षीय जगत ढकाल रहेका छन् ।

उनलाई ५ नम्बर अनुसन्धान व्युरो प्रमुख प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमान्डको प्रहरी टोलीले सोमबार दिउँसो २ बजे कोहलपुर ११ बाट पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले २१ किलो पाँचऔले जडीबुटी बरामद गरेको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस