• २०८१ चैत्र ३ गते सोमवार

प्रहरी हिरासतमा रहेका थुनुवाद्वारा आत्महत्या

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, बाँके । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले शुक्रबार बिहान आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी हिरासतमा रहेका बाँके वनकटीका बाबुलाल रैदासले शुक्रबार बिहान साढे ५ बजे आत्महत्या गरेका हुन ।

बाँके प्रहरी प्रमुख एसपी ओम रानाका अनुसार रैदास शौचालयको भेन्टिलेटरमा झुन्डिएको अवस्थामा फेला परेको हुन । उहाँका अनुसार घटनाको बारेमा बाँके प्रहरी, डाक्टर, मानवअधिकारकर्मी लगायतको टोलिले अनुसन्धान गरिरहेको छ । बालक अपहरण काण्डमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा अनुसन्धान गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस