कार्तिक ४, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७०२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १४३१, भक्तपुरमा १४८ र ललितपुर १२३ गरी १७०२ जनामा संक्रमण पुष्टि भएको हो ।
थप ३ हजार ९३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ जना पुगेको छ । मन्त्रालयका अनुसार आज २१ सय ८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९६ हजार ६ सय ९ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ सय ६५ जना पुगेको छ ।