कात्तिक ४, बारा । बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई राखेको अवस्थामा प्रहरीद्वारा सकुशल उद्वार गरिएको छ । बारा सिम्रौनगढ न पा १ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी न पा वडा नं ४ मनकामना चोक बस्ने गुड्डी साहकी ८ वर्षको छोरी अनुखा साहलाई उद्वार गरिएको हो ।
प्रहर्रीका अनुसार कात्तिक ०३ गते बेलुकाको समयमा साहलानई कोठा भन्दा बाहिर खेलीरहेको समयमा साईकल चढी आएका एकिन नाम थाहा नभएका ब्यक्तीहरुले साईकलमा राखी लगेको भनि मौखिकरुपमा महानगरीय प्रहरी वृत्त सातदोबाटोमा जानकारी प्राप्त हुना साथ तत्कालै प्र ना.उ मित्रबन्धु शर्माको कमाण्डमा खटिएको प्रहरी टोलिले प्रबिधि समेतको प्रयोग गरी खोजतलास गर्दै जाँदा कात्तिक ३ गते राती ललितपुर म न पा वडा नं २९ हरिसिद्दी स्थित सिता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारेको थियो ।
पिडित बालिकालाई तत्कालै उद्वार गरी अपहरण गरी शरीर बन्धक गरी राख्ने कार्यमा मुख्य भुमिका निर्वाह गर्ने सर्लाही हरिवन न.पा. वडा नं. ८ बासटोल घर भई ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. २९ हरिसिद्दी बस्ने बर्ष ३० को राजु कार्की, काभ्रे नमोबुद्ध न.पा. वडा नं. ८ बुझाकोट घर भई हालितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. २९ हरिसिद्दी बस्ने बर्ष २३ की सिता परियार, धनुषा धारापानी गा.पा. वडा नं. २ घर भई हाल ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. २९ हरिसिद्दी बस्ने बर्ष ४० को कृष्ण तोलामी लाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत सातदोबाटोबाट थप अनुसन्धान कार्य भईरहेको छ ।
उनिहरुको साथबाट घटनामा प्रयोग गरिएको हरियो रंगको साईकल समेत बरामत गरिएको छ ।