• २०८२ जेष्ठ ४ गते शनिवार

कोरोना संक्रमणबाट थप चारजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ४ ,काठमाडौ। दाङ्, सुनसरी र रुपन्देहीमा गरी थप चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दाङ देउखुरी घर भएका ४३ बर्षिक पुरुषको होम आइसोलेसनमै बसेको बेला आज विहान घरमै मृत्यु भएको छ ।

 

 

 

उनको एकहप्ता अगाडि कोरोना संक्रमण पृष्टि भएको थियो । त्यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा।आशिष श्रेष्ठले जानकारी दिए ।सुनसरीको धरान–१८ का ७२ वर्षीय पुरुष र धरान–१७ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार अपराह्न मृत्यु भएको उनले जानकारी दिए । ७२ वर्षीय पुरुषमा असोज २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ६८ वर्षीय पुरुषमा असोज २८ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा पनि थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस