• २०८२ बैशाख २९ गते सोमवार

कोरोनाभाइरसबाट १० जनाको मृत्यु, कुल संख्या ४११

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४,काठमाडौं । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। मृतकमा ६ महिला र ४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै धनुषामा ७६, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पामा ४० वर्षीया महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस