• २०८२ बैशाख २९ गते सोमवार

कन्टेनरको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेवबेसीमा कन्टेनरको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ । सडक किनारामा खेलीरहेकी स्थानीय संचिता कार्कीलाई काठमाडौंबाट फर्किरहेको कन्टेनरले ठक्कर दिएको हो ।

कन्टेनरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको र बालिकालाई ठक्कर दिने ना ३ ख ५१८३ नम्बरको कन्टेनरलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस