• २०८२ जेष्ठ ४ गते शनिवार

टिकटक तुरुन्त बन्द गर सरकार

विनोद त्रिपाठी पढ्न लाग्ने समय : २ मिनेट

बिश्वका खास प्रजातान्त्रिक मुलुकहरुले यो टिकटक बन्द गरिसकेका छन् । भारतले बन्द गरिसकेको छ । अमेरिकाले केहि दिन भित्रै बन्द गर्ने तयारी गरेको ह्वाइट हाउसले जनाएको छ । नेपालमा यो शतप्रतिशत अनुत्पादक मात्र होइन, प्रत्युत्पादक पनि छ । यसले, ठुलो परिणाममा इन्टरनेटको गति दुरुपयोग गरिदिएको छ । नेपाल जस्तो मुलुक जस्को आफ्नै स्याटलाइट छैन, त्यस्तो मुलुकले यस्को प्रयोग गर्नु भनेको ठुलो परिणाममा रकम बाहिर जानु मात्र हो । अन्य क्षेत्रमा यसले इन्टरनेटको गतिमा ठुलो असर गरिरहेको छ । न यो, सुचनाको स्रोत, साधन वा कुनै मनोरञ्जन ।

अति विपन्न र ग्रामिण क्षेत्रको ठुलो जनशक्ति टिकटकमा खेर गइरहेको छ । विश्वमा अहिले उच्च वर्गका परिवार र प्रतिष्ठित परिवारका सदस्यहरुले यसको प्रयोग गर्न छोडिसकेका छन् । यो, किसान, विपन्न, मजदुर र बेरोजगारहरुको समयलाई हानी पुर्याइरहेको विभिन्न अनुशन्धानले देखाएको हो । यहि बुझेर विश्वका ठुला प्रजातान्त्रिक देशहरुले यसलाई प्रतिबन्ध लगाइसकेका छन् । नेपाल जस्तो अति विपन्न र आफ्नै उत्पादनमा निर्भर नभएको मुलुकले निरर्थक टिकटकले विभिन्न क्षेत्रका प्रगतिमा बाधा मात्र बन्नेमा दुईमत छैन ।
किन विश्वका धेरै देशले टिकटकलाई प्रतिबन्ध लगाए ? मुख्य चारवटा कारण जानौं ।

१, यसका हरेक डाटा असुरक्षित हुन्छन् । सम्बन्धित कम्पनी वा अन्य साइवर नेटवर्कले यसका गोप्य डाटालाई संकलन गरिरहेको हुन्छ ।
२, सन २०१६ मा चीनले टिकटकको शुरुवात गरेर विश्वका सबै नागरिकको गोप्य विवरण संकलन गरिरहेको छ । स्मरणहोस, फेसबुक, ट्ीवटर, गुगल जस्ता महत्वपुर्ण सामाजिक साइटहरु अमेरिकामा उत्पादन भएपछि चीनले टिकटकका नाममा विवरण संकलन गर्ने विधी अपनाएको हो ।
३, टिकटकको प्रयोगले सम्बन्धित देशको ठुलो धनराशी देश बाहिर जानेछ । नेपालको आफ्नै इन्टरनेट स्याटलाइट नभएकोले नेपाललाई त झन यसले कंगाल बनाउने निश्चित छ ।
४, विश्वमा ठुलो जनशक्तिको समय टिकटकमा खेर गइरहेको छ । न सुचना, न संचारमाध्यम, न प्रचारको कुनै स्रोत । यसको प्रयोगलाई सामान्य मनोरञ्जनका रुपमा पनि लिन नसकिने अमरिका स्थित साइवर विज्ञानले हालै प्रमाणित गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस