असोज ४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ । पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल भएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठ भने, “मन्त्रिपरिषद् पुनर्गठन गर्ने बारेमा नीतिगत छलफल भएको छ भने, “सरकारलाई प्रभावकारी बनाउने लक्ष्यलाई अघि बढाउने सन्दर्भमा विभिन्न विकल्पमा छलफल भएका छन् ।”
उनका अनुसार व्यक्तिका नामका विषयमा छलफल भएको छैन । कसलाई के का आधारमा मन्त्री बनाउने भन्ने विषयमा छलफल भएको भए पनि व्यक्तिका बारेमा भने प्रवेश गरिएको छैन । बैठकका अरु एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक बस्नेछ ।