असोज ४, एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले जोआन गाम्पर ट्रफीको उपाधि जितेको छ । प्रि-सिजनको खेलअन्तर्गत शनिबार राति भएको खेलमा एल्चेलाई १-० गोलले पराजित गर्दै बार्सिलोनाले ट्रफी उचाल्न सफल भएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन एन्टोनियो ग्रिजम्यानले निर्णायक गोल गरे । उनले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए ।
ला लिगाअन्तर्गत बार्सिलोनाले सिजनको पहिलो खेलमा भिया रियलसँग प्रतिस्पर्धा गर्दै सुरुवात गर्नेछ ।