• २०८२ बैशाख ७ गते आइतवार

गजल ! “हाम्रो त्याग बलिदान सबै बेकार गयो”

सुरेश कुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

हाम्रो त्याग बलिदान सबै बेकार गयो,
क्रान्ति कारी पुरानो त्यो आधार गयो।

अब बिस्वाश को खडेरी नजिक हुँदा,
बर्गशंघर्षका बलिया मदद्तगार गयो।

देश मा संबिधान दिवस मनौन थाल्दा
यो देशकै नागरीक सिमाना पार गयो।

नागरिक को दम घुट्न थालेकोछ यँहा,
जब देशमै संघियता बिषालु झार गयो।

जिवन यापन लाई कामको खोजी गर्न,
हेरौँ न आज घुमन्ते जिवन संसार गयो।

बाजे देखि नातिसम्म आर्काको दाशझै,
देश छोडि बिदेश तिर्फ बारम बार गयो।

नव मण्डले को भरमा छाडेर देश लाई,
बिदेश तर्फ देशको युवा बफादार गयो।

प्रतिक्रिया दिनुहोस