• २०७९ असोज ९ गते आइतवार

भारतमा कोरोना संक्रमितको संख्या ५३ लाख ९८ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । आइतबार भारतमा ९२ हजार ७५५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ लाख ९८ हजार २३० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ९९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् भने १० लाख ११ हजार ७३२ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस