• २०८१ माघ ११ गते शुक्रवार

मुगुमा कुपोषित बालबालिका दिनप्रतिदिन डरलाग्दो संख्यामा बढ्दै

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

भदौ ०४ मुगु । हिमाली जिल्ला मुगुमा पछिल्लो समय कुपोषित बालवालिका दिन प्रतिदिन डर लाग्दो संख्यामा बढ्दै गएको पाईएको छ । दुर्गम तथा पिछडिएका जिल्लाहरुमा बालबालिकाहरु कुपोषण दर बढदै गएको भन्दै सरकारी तथा गैर सरकारी संघ सस्थाहरुले उपचारात्मक, व्यवहारात्मक तथा खानपानमा सुधार ल्याउन भन्दै वर्षेनी ठुलो रकम खर्च गदै आएपनि प्रतिफल शुन्य देखिदा पोषणमा राज्यको लगानी वालुवामा पानी सरह हुने गरेको छ ।


पछिल्लो समय मुगुका बालवालिकाहरुमा कुपोषणको समस्या बढ्दै गएको पाईएको स्वास्थ्य सेवा कार्यालय मुगु तथा कुपोषण विशेष उपचार केन्द्रले जनाएको छ । कार्यालयका अनुसार कुपोषणका कारण ५ वर्ष मुनिका बालवालिकाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको स्वास्थ्य सेवा कार्यालय मुगुका सुचना अधिकारी पशुराम नेपालीले जानकारी दिनु भयो । उहाका अनुसार प्रयाप्त मात्रामा परिवार नियोजनका साधनहरुको प्रयोग नहुनु , सानै उमेरमा विवाह , गरिबी तथा व्यरोजगारी र कम उमेरमै बच्चा जन्माउनाले आमा र बच्चामा कुपोषण बढेको नेपालीले बताउनु भयो ।

बिशेष गरेर २ बर्ष मुनीका बालबालीकामा कुपोषणको समस्या धेरै देखीने गरेका छन् । ति मध्ये सदरमुकाम गमगढी बजार नजिकैका बिषेश गरि दलित बस्तीका बच्चाहरुमा बढि मात्रामा कुपोषण देखा परेको जनाईएको छ । गलत खानपान, स्तनपानको कमी गरीबी लगायतका कारणले बालबालीकामा कुपोषणको समस्या बढ्दै गएको देखिन्छ । बिगतका बर्ष भन्दा यो बर्षको सुरुमै कुपोषणका बिरामीको संख्या जिल्लामा उच्च देखिएको स्वास्थ्यकमीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस