• २०८१ माघ ८ गते मङ्गलवार

घोडाघोडी नगरपालिकामा ३ कर्मचारी सहित १० जनामा कारोना संक्रमण पुष्टी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा ३ कर्मचारी सहित १० जनामा कारोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा १० जनामा संक्रमण देखिएको हो ।

परिक्षणका क्रममा ८ बर्षिय बालिका, ६ र १० बर्षिय बालक, २२, २७, ३४, ३४, ३९, ४०, ४५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पताले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । राष्ट्रिय कलेज सुखडबाट ८८ जना र वडा नम्बर ६ बाट ४३ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएको थियो । ती मध्ये १० जनामा कोरोना पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिएका छन । उनका अनुसार स्वास्थ्य शाखाका एक योजना शाखाका एक र एक जना चालकमा कोरोना पुष्टि भएको छ।

बिहिबार सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा घोडाघोडीका १० संगै गौरिगांगा नगरपालिकामा २६ जना, गोदावरी नगरपालिकामा ११ जना, भजनी नगरपालिकामा ३ जना र कन्चनपुरको भिमदत्त नगरपालिकाका १४ जना गरी ६४ जनामा संक्रमण पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस