• २०८१ पुष २९ गते सोमवार

४९ जना प्रहरी उपरीक्षकको सरुवा (सुचि सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार गरेको निर्णयअनुसार ९ जिल्लाका एसपी फेरिएका हुन्।

महानगरीय अपराध महाशाखाका एसपी होबिन्द्र बोगटीको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सरुवा भएको छ। तुलबहादुर कार्की नुवाकोट, प्रकाश मल्ल पूर्वी नवलपरासी, प्रविण पोखरेल रुपन्देही, प्रविणलाल श्रेष्ठ गुल्मीको प्रहरी प्रमुख भएका छन्। यस्तै राजन अधिकारीको सिन्धुपाल्चोक, राजेन्द्रप्रसाद धमला सप्तरी, सन्तोषकुमार भट्टराई पाल्पा तथा सन्तोषसिंह राठौरको सर्लाही सरुवा भएको छ।

प्रतिक्रिया दिनुहोस