• २०८१ माघ १ गते मङ्गलवार

कोरोना कहरः प्रचण्डको छोरी मेयर भएको भरतपुर महानगरपालिकामा चरम आर्थिक दुरुपयोग (प्रमाणसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ४, काठमाडौँ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जनतालाई कसरी सुरक्षित बनाउने तथा छिटो छरितो उपचार तथा औषधीको व्यवस्थापन गर्न ठूलो चुनौति बनिरहेको समयमा चितवन जिल्लाको भरतपुर महानगरपालिकामा भने कोरोनाको कहरका बीच पनि चरम आर्थिक अनियमिता भएको प्रमाण सार्वजनिक भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेणु दाहाल मेयर रहेको उक्त महानगरपालिकामा जनताको सुरक्षाभन्दा पनि कर्मचारीको कमाउ धन्दाको पर्दाफास भएको छ । महानगरपालिकाले कोरोनाको कहरका बीच २१ लाख ९३ हजार सात सय ९४ रुपैया रकम विभिन्न अनावश्यक शिर्षक बनाई कर्मचारीलाई वितरण गरेको छ । १ सय दुई जना कर्मचारीको नाममा उक्त रकम माछापुच्छ्रे बैंकमार्फत वितरण गरिएको छ । उक्त दुरुपयोग गरिएको रकम आर्थिक वर्ष २०७६/०७७ को मात्र हो । त्यस्तै २०७७/०७८ मा कति दुरुपयोग तथा अनियमितता भयो होला ? चासोको विषय बनेको छ ।

जनताको करबाट उठेको रकमलाई दुरुपयोग तथा अनियामितता हुनु दुखद् मात्रै नभई जनताको बाँच्न पाउने अधिकारबाट समेत वञ्चित गराउने कार्य गरिएको छ । कोरोनाबाट औषधी उपचारको अभावका कारण दर्जनौंले अकालमा ज्यान गुमाउनुपरिरहेको समयमा महानगरपालिकाले भने कोरोनाको बहानामा कर्मचारीलाई पोस्ने कार्य गरेको छ ।

प्रमाणहरु

 

 

प्रतिक्रिया दिनुहोस