• २०८२ जेष्ठ ७ गते मङ्गलवार

बुढीगंगा नदिमा माछा मार्ने क्रममा नदिमा बगेका एक युवकको सकुशल उद्धार 

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ४, बाजुरा । अछाममा नदीमा माछा क्रममा बगेका युवकको सकुसल उद्धार गरीएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ७ सिडीकोट ककरसात ढोढरका २५ बर्षिया युवक युवक माछा मार्न बुढीगंगा नदिमा गएको समयमा चिप्लिएर बगेका थिए । २५ बर्षिया युवक नरेश कडायतलाई सकुसल उद्धार भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बुढीगंगा नदीमा पानीको बहाव अत्याधिक भएपनि उनलाई सकुशल उद्धार गरीएको उनि संगै माछा मार्न खोलामा गएका लोकेन्द्र भाटले बताउनुभएको छ । उनि संगै माछा मार्न गएका लोकेन्द्र भाट र भानु रावलले युवकलाई सकुसल उद्धार गरेको घटना स्थलमा पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी प्रमुख नरपती भट्टले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस