• २०८१ माघ ८ गते मङ्गलवार

पेस्तोलसहित दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ४, काठमाडौं । काठमाडौंको माछापोखरीबाट प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई पक्रेको छ । महानगरीय अपराध महाशाखाले नुवाकोट शिखरबेसी–६ घर भएका २७ वर्षीय बिकेश पण्डित र नुवाकोट लिपु गाउँपालिका–१ घर भएका २८ वर्षीय अमर तामाङलाई पक्राउ गरेको हो ।बिकेश र अमरको साथबाट‘मेड इन युएस’लेखिएको दुईथान पेस्तोल, म्यागजिन र १० राउण्ड गोली बरामद गरिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दीपक थापाले जानकारी दिए ।


प्रहरी उपरीक्षक एसपी होविन्द्र बोगटी नेतृत्वको टोलीले बुधवार मध्यान्ह माछापोखरीबाट पक्राउ गरेको बिकेशको बयानका आधारामा पेस्तोल कारोबारमा अमरको संलग्नता खुलेको थियो।महाशाखाले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँगको समन्वयमा अमर तामाङलाई नुवाकोटबाट पक्राउ गरेको हो।अमर डाका मुद्धामा ६ वर्ष २ महिना जेल बसेर ०७६ फागुनमा रिहा भएका थिए ।

अमरले सो पेस्तोल ‘हात हतियार तथा खरखजना मुद्धामासँगै कारागार बसेका धनुषाका शम्भु कार्कीको भएको प्रहरीलाई बताएका छन्।कार्कीले सो पेस्तोल हाल लागुऔषध मुद्धामा कारागारमा रहेका धादिङ खाल्टेका राजकुमार गुरुङलाई राख्न दिएको र उनले बालाजुका एक होटल संचालकलाई राख्न दिएका थिए। बिकेश पण्डितले होटल संचालकबाट सो पेस्तोल लिएका थिए ।

प्रतिक्रिया दिनुहोस