भदौ ०४, मुगु । सदरमुकाम गमगढी बजारमा रहेको एक मात्र जिल्ला आँखा उपचार केन्द्रमा औषधिको अभाव रहेको पाईएको छ । गहेको बैशाख महिना देखी हाल सम्म मुगु जिल्लामा आखाँ उपचार केन्द्रमा सम्बन्धि मोतियाबिन्दु आँखा पाक्ने , चिलाउने , एलर्जि , आँखामा मासु पलाउने , सुक्खा हुने लगाएतका बिभिन्न प्रकारका आँखा सम्बन्धिका औषधी अभाव भएको आँखा उपचार केन्द्र मुगुले जनाएको छ ।
केन्द्रका अनुसार उपचार केन्द्रमा औषधीको लागी पटक पटक हिमालय आखाँ अस्पताल पोखरा , सम्बन्धित संघ संस्था लगाएत अन्य सरोकारवाला निकाय सँग पत्रचार गरे पनि कुनै पनि निकाय बाट समन्वय गर्दा कुनै पनि बाट औषधीको सहयोग नभएको आँखा उपचार केन्द्र मुगुका प्रमुख धुब्र बुढ्थापाले बताए । प्रमुख बुढ्थापाका अनुसार सदरमुकाम लगायत जिल्लाका चार वटै स्थानीय तह लगायतका जिल्ला भन्दा बाहिर जुम्ला , हुम्ला जिल्लाका तल्लो भेगका आँखाका बिरामिहरु उपचार गराउन आउन्थ्या आज भोलि औषधि अभाव भए पछि बाहिरी जिल्ला त के आफ्नै जिल्लाका बिरामिहरु पनि आउन छाडेको उनले जानकार दिए ।
उनले भने गत वर्षका दिनहरुमा जति खेर सेवा लिन आए पनि औषधि , चस्माहरु पाईन्थ्यो , सेवाग्राही पनि सेवा लिएर जान्थे , आज भोलि उपचार केन्द्रमा औषधि अभाव भए पछि सेवा लिन आएका आँखाका बिरामि रित्तो हात लिएर घर फर्कुनु परेको उनले चिन्ता गरे । गतका वर्षहरुमा औषधि प्रस्तत मात्रामा हुन्थ्यो , बिरामिहरुको पनि घुईचो लाग्ने गथ्र्यो अहिले फाटफुट रुपमा विरामि आउने गरेको उपचार केन्द्र मुगुले जनाएको छ । दैनिक ३० देखि ४० जना विरामि आउने गरेका छन् । ति बिरामिहरु लाई औषधि नहुदा सामान्य सल्लाह , सुझाव , सचेतना मुलक सन्देश दिएर घर फर्कोउने गरेका छन् ।
यता २ दिनको पैदल यात्रा गरेर जुम्ला जिल्ला कनकासुन्दरी गाउपालिका ३ ओखरपाटाकि सुमित्रा बुढा आफ्नै जुम्ला जिल्लाको आँखा उपचार केन्द्रमा उपचार गराउन छोडेर मुगु पुग्दा बुढा लाई कुनै पनि आँखाका उपचार नहुदा जसरी आएकि थिईन उसरी नै फर्कनु परेको बुढाले दुखेसो पोखिन । उनीले भनिन् , मुगुमा आँखाको उपचार राम्रो हन्थ्यो सहजै रुपमा सेवा लिन पाईन्थ्यो भनेको जतिको औषधि पनि हन्थ्यो अहिले यस्तो दुरदर्शा देख्दा आफु लाई पनि हिनता बोध रहेको बुढाले आफ्नो अनुभव सुनाईन ।
आखाँ उपचार केन्द्र बाट औषधी नलिएर रित्तो हात लिने बुढा एक नमुना मात्र हुन् , जिल्ला भित्रका आखाँको समस्या भएको हजारै बिरामिहरुले हिजो आज औषधी नपाएर घरमै औषधीको प्रतिक्षामा छटपटाई रहेको स्थानिय बासिहरुको गुनासो रहेको छ ।